२०८३ कार्तिक १२ गते बुधबार

श्रमजीवी पत्रकार संघसहित १० संस्था पुरस्कृत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १३
patrakar

चितवन- विदेशमा बस्ने नेपालीहरूको साझा संस्था एनआरएनए नन रेसिडेन्ड नेपाली एसोसिएसन क्यालिफोर्निया, अमेरिकाले अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३ वितरण गरेको छ।

एनआरएनए नन रेसिडेन्ड नेपाली एसोसिएसनले देउराली फाउन्डेसनको सहकार्यमा मंगलबार चितवनको माडी नगरपालिकामा एक समारोहको आयोजना गरी सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका १० वटा संस्थाहरुलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३ वितरण गरिएको हो। जनही १ सय ५० अमेरिकी डलर र सम्मान पत्रले सम्मान गरेको थियो।

पुरस्कृत हुनेमा श्रमजीवी पत्रकार संघ नेपाल, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), मधेसी पत्रकार समाज नेपाल, शिक्षा पत्रकार समूह, स्वास्थ पत्रकार मञ्च नेपाल, मुस्लिम जर्नालिस्ट क्लब, राष्ट्रिय अपांग पत्रकार संघ, राष्ट्रिय यातायात पत्रकार मञ्च रहेका छन्।
माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले एनआरएनए नन रेसिडेन्ड नेपाली एसोसिएसनले पहिले माडीमा वितरण गरेका अन्तर्राष्ट्रियस्तरको शिक्षा र स्वास्थ पुरस्कारलाई स्मरण गर्दै अहिलेको पत्रकारिता पुरस्कार पनि माडीमा नै वितरण गरिनुले माडीप्रति एनआरएनए नन रेसिडेन्ड नेपालीले देखाएको माया र सहयोगप्रति माडीवासीहरु निकै उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए।

पुरस्कृत संस्थाहरुको तर्फबाट मन्तव्य राख्दै श्रमजीवी(पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले मिडिया क्षेत्रको मूल्यांकनसँगै खबरदारी पनि गरिदिन आग्रह गरे। ‘हामी पनि जनताको प्रश्नको घेरामा छौँ, विश्वसनीय पत्रकारिता हाम्रो मुख्य चुनौति हो,’ जैसीले भने। पुरस्कृत हुँदा समर्थन मात्र हैन जनताका एजेन्डामा रचनात्मक आलोचना पनि गर्नपर्ने बताए।

पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता देउराली फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले गरेका थिए भने प्रमुख अथिति माडी नगरपालिकाका उपमेयर खेम प्रसाद महतो थिए। कार्यक्रम पत्रकार राज सरगमले सञ्चालन गरेका थिए।
कार्यक्रममा एनआरएनएले प्रकाशन गरेको कवि देवकी अभिलाषीको कविता कृति आदिवासी भोकको लोकार्पण गरिएको थियो।

प्रकाशित: २०८० बैशाख १३ गते बुधबार ०९:४९
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना