बाँके- बाँकेको कोहलपुरस्थित पिपरा भन्ने स्थानमा गोली चलेको छ।
लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।
प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियार र २७ वर्षीय प्रमोद कार्की छन्।
उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ।


