सप्तरी- सप्तरी जिल्लाको फत्तेपुरमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।
सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो।
मृतक सप्तकोशी नगरपालिका-२ का स्थायी बासिन्दा हुन्।
बिहीबार बिहान रातको समयमा घाँटीमा खुकुरी प्रहार गरी फुँयालको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
सप्तरी प्रहरीका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरेको देखिएको छ।
त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेपनि लुट्न नसकेको देखिएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जानकारी दिएको छ।


