काठमाडौँ– ककनीका किसान श्रीराम घिमिरे विगत १० दिनदेखि काठमाडौँको भूगोलपार्कमा अनशनरत छन्। किसानका समस्या समाधानको माग गर्दै उनी अनशन बसेका हुन्।
१० दिनदेखिको अनशनका कारण घिमिरेको स्वास्थ्य अवस्था बिग्रिँदै गहिरहेको छ। सरकारले समस्या समाधानका लागि हालसम्म कुनै पहल कदमी लिएको छैन।
उनको जीवनरक्षा र उनले उठाएका मागहरुलाई तत्काल सम्बोधन गर्न अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ लगायतका किसान संघ संगठनहरुले ऐक्यबद्धता जनाएका छन्। उनीहरूले ऐक्यबद्धता प्रर्दशन कार्यक्रमसमेत भूगोल पार्कमा गरेका छन्।










