२०८३ कार्तिक १६ गते आईतबार

२१४ विद्यार्थीलाई गल्याङ नगरपालिकाको छात्रवृत्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३०
galyang_student

वालिङ (स्याङ्जा)- गल्याङ नगरपालिकाले कक्षा ११ वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत २१४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले जानकारी दिए।

गल्याङ नगरपालिकाभित्रका गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत एक वर्षको जनही रु १० हजार आठ सय प्रदान गरेको उनले बताए।

यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही रु ३ हजार ६ सय उपलब्ध गराइएको छ।

‘नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेका हौँ,’ उनले भने, ‘यस वर्ष क्याम्पस तहमा अध्ययनरत ७८ जनाको मासिक शुल्क निःशुल्क, कक्षा ११ र १२ मा अध्ययनरत एक सय ३६ जनालाई छात्रवृत्ति उपलब्ध गराएका हौँ।’

यस वर्ष पालिकाबाट दुई सय १४ जनालाई मासिक शुल्क तथा छात्रवृत्ति गरी रु १३ लाख आठ सय भुक्तानी गरिएको उनले बताए।

अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सम्बन्धित क्याम्पस तथा विद्यालयले छात्रवृत्तिका लागि आवेदन माग गर्ने र प्राप्त आवेदनलाई कार्यविधिमा रहेर पालिकामा सिफारिस गर्नुपर्ने छ।

‘विद्यार्थीले दिएका आवेदनउपर छानबिन गरी सम्बन्धित विद्यालयले पालिकामा सिफारिस गर्छ,’ उनले भने, ‘वास्तविक विद्यार्थी छनोट गरी छात्रवृत्ति तथा मासिक शुल्क पालिकाबाट उपलब्ध गराउँछौँ।’

मासिक शुल्क तिर्न नसकी शिक्षाबाट कोही पनि वञ्चित हुन नदिन र शिक्षामा सबैको पहुँच स्थापित गर्ने उद्देश्यसहित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।

‘विसं २०७९ मा नगरप्रमुखमा निर्वाचित भएर आइसकेपछि पदभार ग्रहण गर्दाकै बखतमा निर्णय गरिएको थियो,’ उनले भने, ‘सोही निर्णयको कार्यान्वयन गर्दै क्याम्पस तथा सामुदायिक विद्यालयका अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क तथा छात्रवृत्ति उपलब्ध गराएका हौँ।’

यो अभियानले नगरको शैक्षिक रुपान्तरणका लागि पनि महत्त्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास छ । पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमात्रै अघिल्लो कक्षामा अध्ययन गर्न पुनः छात्रवृत्ति पाउनेछन्। अनुत्तीर्ण विद्यार्थीले भने पुनःउक्त सुविधा पाउने छैनन्।

प्रकाशित: २०८१ बैशाख ३० गते आईतबार ०९:४९
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना