काठमाडौँ- सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गरी बचतकर्चाको रकम फिर्ता गराउन माग गर्दै कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ सडक ओर्लिएको छ।
सरकारी ठगीको विषयमा संलग्न भएको आरोप लागेका रास्वपा सभापति रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने मागमा सत्तारुढ दलले सुनुवाइ नगरेपछि महिला संघ सडकमा ओर्लिएको हो।
सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरूपयोग गरी अपचलन गर्ने सहकारी ठगहरूलाई छानबिनको दायरामा ल्याउन उनीहरूको माग छ।
बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारलाई दबाब सिर्जना गर्न नेपाल महिला सङ्घ केन्द्रिय समितिले रत्नपार्कमा विरोध सभा गरेको हो।











तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


