काठमाडौँ- सहकारी ठगी प्रकरण र गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टाका लागि भएको नीतिगत भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले खबरदारी र्याली निकालेको छ।
त्रिचन्द्र क्याम्पसका विद्यार्थीले क्याम्पस अगाडि बाटोमै बसेर केही बेर सडक अवरोध पनि गरेका थिए।
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग गर्दै कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ।














तस्बिर : नेपाल फोटो लाइब्रेरी


