काठमाडौँ- नेपालले आईसीसी टी-२० विश्वकप खेल्नु अघि नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने भएको छ।
विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन्। नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ।
आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ। टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्। चार समूहमा ५–५ टोली छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन्।
सुपर ८ मा दुई समूह हुनेछन्। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्।
समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन्। नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ।


