काठमाडौँ- दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौँ जिल्लासहित आसपासका जिल्लामा समेत सर्प उद्धार गर्छन्। उनले विगत ४ वर्षदेखि सर्प उद्धार गर्दै आएका हुन्।
आचार्यले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरिसकेका छन्। जसमध्येको एक सर्प हो, किङ कोब्रा अर्थात् कालो नाग।
काठमाडौँ रिङ रोडबाहिर दक्षिणकाली, सुन्दरीजल, साँखु शालिनदी, ललितपुरको बडिखेल लगायतका विभिन्न ठाउँ गरी उनले २ दर्जनभन्दा बढी किङ कोब्रा उद्धार गरेका छन्।
उद्धार गरिएको सर्प हरू जिल्ला बन कार्यालय , निकुञ्ज हरूसँग समन्वय गरी सुरक्षित बास स्थानमा छाडिने गरेको छ। उद्धारको लागि आवश्यक सामान औजार जिल्ला वन कार्यालय , दक्षिणकाली नगरपालिका बाट उपलब्ध गराइएको छ। सर्प पर्यावरणीय एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण मानिन्छ।












