काठमाडौँ – काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ।
महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको हो।
मापदण्ड विपरीत बनाइएको घरटहरामा नियमित रुपमा भत्काउँदै जाने महानगरले जनाएको छ।
महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो।
१५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो। तर घर धनीले आफैं नभत्काएपछि डोजर चलाएको महानगरले जनाएको छ।
यस्तै शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरु भत्काएको थियो। महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ।
















