काठमाडौँ- प्रतिनिधि सभामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरूले नाराबाजी गरिरहेको अवस्थामा सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरिरहेका छन्।
विपक्षी सांसदहरूलाई मर्यादापालकले साँघुरो घेरामा सीमित गरेर प्रधानमन्त्रीलाई घेरा हाली रोस्टममा पुर्याए थिए।
यसपछि उनले विश्वासको मत मागे। सत्तापक्षका सांसदहरूका तर्फबाट एमालेका विष्णु पौडेलले धारणा राखे। उनी पनि मर्यादापालककै घेरामा रोस्टम चढेका थिए।
नाराबाजी चलिरहेको बेला पनि सभामुखले बैठक अघि बढाइरहेका छन्।


















