२०८३ कार्तिक १६ गते आईतबार

प्रविधिको विकाससँगै ‘आलोचनात्मक चेत’ विकासमा जोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १३
peoples’ campus (1)

काठमाडौँ- पिपल्स क्याम्पसले आयोजना गरेको दुई दिने व्यवस्थापन सम्मेलन समापन भएको छ। प्राज्ञिक अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा पिएचडी तथा एमफिल गरिरहेका अनुसन्धानकर्मीहरूले आफ्नो शोधमा आधारित रहेर प्रस्तुति दिएका थिए। सम्मेलनमा १९ वटा कार्यपत्र प्रस्तुत भएको थियो।

कार्यक्रममा विशेष प्रवचन दिँदै प्राध्यापक डा. अह्रन स्थापितले अर्काको कुरा सुन्ने अभ्यास र धैर्यको अभावमा सक्रिय सिकाइ विकास हुन नसक्ने बताए। “कुनै पनि कामलाई परिणाममुखी बनाउन र लक्ष्य हासिल गर्न हामीले सेवाग्राहीको कुरा सुन्नुपर्छ,’ स्थापितले भने, ‘शिक्षकले विद्यार्थीको, सेवा प्रदायकले लाभग्राहीको, उत्पादकले उपभोक्ताको कुरा सुन्नुपर्छ। कुरा नसुन्दा दिन खोजिएको सन्देश नपुग्ने मात्र होइन, बरु गलत सन्देश जाने डर हुन्छ।’ प्रविधिको विकासले आजकल सुन्ने/सुनाउने माध्यम सहज भएको छ। अब प्राज्ञिक कर्ममा सुन्ने/सुनाउने काममा प्रविधिको उपयोग हुनुपर्नेमा पनि उनले जोड दिए।

सम्मेलनका अर्का सहभागी शंकरनाथ अधिकारीले साना तथा मझौला उद्योगहरूमा डिजिटल रूपान्तरणको प्रभावबारेको आफ्नो अनुसन्धानका निष्कर्ष सुनाएका थिए भने शंकर ढोडारीले गरिबी निवारणमा लघुवित्तको भूमिका शीर्षकको अनुसन्धानमा धादिङको चरौंदीको अनुभव सुनाएका थिए।

अनुसन्धाता राजकुमार श्रेष्ठले काठमाडौंका शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षकहरूको रोजगार सन्तुष्टिबारेको अनुसन्धान निष्कर्ष सुनाएका थिए।

अर्का अनुसन्धानकर्मी निश्चल रिसालले नेपालका १० जीवन बिमा कम्पनीहरूको १६ वर्ष अवधिको तथ्यांक केलाएर तिनीहरूको कार्यव्यापारलाई विश्लेषण गरेका थिए।

सम्मेलनमा अर्का अनुसन्धानकर्मी प्रज्वलसिंह थापाले नागरिकलाई सशक्त बनाउन भनेर निर्माण गरिएको पाठ्यक्रममा सांस्कृतिक पक्षको ठूलो महत्व हुने बताए। पाठ्यक्रम निर्माणमा संलग्नहरूको सामाजिक चेत तथा स्वार्थले पनि गहिरो अर्थ राख्ने हुँदा प्रविधिको विकाससँगै ‘आलोचनात्मक चेत’ विकास गर्ने पाठ्यक्रम बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।

क्याम्पसले आगामी दिनमा पनि यस्ता सम्मेलनलाई निरन्तरता दिने पिपल्स क्याम्पसका क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले बताए। “शिक्षणमा संलग्न सहकर्मीहरूलाई अनुसन्धानको अभिमुखीकरणमा सहायता होस् भन्ने हेतुले यो सम्मेलन आयोजना गरिएको हो,’ क्याम्पस प्रमुख कुँवरले भने, “साथै विद्यार्थीहरूलाई पनि अनुसन्धान अभिमुखीकरण गर्ने उद्देश्य हो।’ विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गत साता भएको सम्मेलनमा विद्यार्थी तथा शिक्षकहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको उनले बताए।

प्रकाशित: २०८१ जेठ १३ गते आईतबार ०५:००
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना