२०८३ कार्तिक १२ गते बुधबार

टिकटकले बढायो सुरक्षा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
tiktok

काठमाडौँ– टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिटीका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ।

मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू बुझ्नका लागि नयाँ सुविधाहरू र अकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुलहरू समावेश छन्।

टिकटकले हेट स्पीच, स्वास्थ्य सम्बन्धी गलत जानकारी र कन्टेन्ट मोडेरेसन सम्बन्धी नीतिहरूमा स्पष्ट परिभाषाहरू र थप विस्तृत जानकारी प्रदान गर्न आफ्नो कम्युनिटी गाइडलाइन्स परिमार्जन गरेको हो। यी परिवर्तनहरू टिकटकको नियम र प्रवर्तन प्रक्रियाहरूबारे प्रयोगकर्ताको बुझाइ र पारदर्शितामा सुधार गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ।

फर यू फिडमा सुरक्षाको अनुभव सुनिश्चित गर्न टिकटकले नयाँ इलिजिबिलिटि मापदण्ड लागू गर्दैछ। यी स्ट्यान्डर्डहरु उल्लङ्घन गर्ने खालका कन्टेन्ट बारम्बार पोस्ट गर्ने क्रियेटरका अकाउन्टहरू फर यू फिडमा सिफारिसको लागि अस्थायी रूपमा अयोग्य हुनेछन्। यसका साथै तिनीहरूको कन्टेन्ट सर्च रिजल्टहरूमा कम देखिनेछ। प्रभावित क्रियेटरहरूले नोटिफिकेसन प्राप्त गर्नेछन् र यी निर्णयहरूमा अपिल गर्ने मौका पाउनेछन्।

टिकटकको नियमहरू बुझ्न क्रियेटरहरूलाई सहयोग गर्नका लागि प्लेटफर्मले वार्निंग स्ट्राइक सिस्टम प्रस्तुत गर्दैछ। पहिलो पटक कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने क्रियेटरले सुरुमा एउटा चेतावनी प्राप्त गर्नेछन् जुन उसको अकाउन्टको स्ट्राइक ट्यालीमा गणना हुने छैन।

यसपछि हुने उल्लङ्घनहरू भने ट्र्याक गरिनेछ र तदनुसार दण्डित पनि गरिनेछ। टिकटकले क्रियेटरहरूलाई उनीहरूले उल्लङ्घन गरेका विशेष नियमहरूको बारेमा जानकारी दिनेछ र सम्भावित त्रुटिहरूको लागि अपील प्रक्रियामा मार्गदर्शन समेत प्रदान गर्नेछ।

क्रियेटरहरूलाई थप समर्थन गर्न टिकटकले ‘अकाउन्ट चेक’ नामक नयाँ सुविधा पनि ल्याइरहेको छ। यो टुलले क्रियेटरहरूलाई टिकटकमा उनीहरूको स्थितिको ओभरभ्यु प्रदान गर्दै उनीहरूको अकाउन्ट र हालका पोस्टहरू अडिट गर्न अनुमति दिन्छ।

‘अकाउन्ट चेक’ले गाइडलाइन्स उल्लङ्घनका कारण कमेन्ट गर्न वा डाइरेक्ट मेसेज पठाउने जस्ता सुविधाहरूमा हुने कुनै पनि प्रतिबन्धहरूलाई संकेत गर्दछ भने ‘फर यू’ फिडबाट हटाइएका वा प्रतिबन्धित सामाग्रीलाई हाइलाइट पनि गर्दछ।

यो सुविधाले अवस्थित ‘अकाउन्ट स्टेटस’ पेजलाई क्रियेटरले प्लेटफर्मका नियमहरू पालना गरेको विस्तृत दृश्य प्रदान गर्न समेत सघाउँछ।

यसका साथै टिकटकले टिकटक क्रियेटरका लागि ‘आचार संहिता’ पनि प्रस्तुत गर्दैछ जसले टिकटकका प्रोग्रामहरु, यसले दिने सुविधा, इभेन्ट र अभियानहरूमा भाग लिने क्रियेटरहरूका लागि मापदण्डहरू सेट गर्नेछ।

आगामी हप्ताहरूमा लागू हुने यस कोडले सबै सहभागीहरूका लागि एक सुसंगत र सकारात्मक अनुभव सुनिश्चित गर्दै प्लेटफर्मभित्र र बाहिर दुवै ठाउँमा क्रियेटरहरूको जिम्मेवारीहरूलाई स्पष्ट रूपरेखा दिन्छ।

टिकटक विश्वभरका आफ्ना एक अर्बभन्दा बढी प्रयोगकर्ताहरूको सुरक्षा र अनुभव बढाउन प्रतिबद्ध छ। यी अपडेटहरूले यस प्लेटफर्ममा फस्टाउन आवश्यक टुल र जानकारीको साथ आफ्नो क्रियेटर कम्युनिटीलाई समर्थन गर्ने टिकटकको समर्पणलाई जोड दिन्छ।

प्रकाशित: २०८१ जेठ १४ गते सोमबार ११:२८
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना