काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन माग गर्दै युवाहरूले दबाब र्याली निकालेका छन्।
अमेरिकन राजदूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि युवाको समूह माइतीघर मण्डलामा जम्मा भएर अमेरिकी राजदूतावासतर्फ लागेका हुन्।
टी-२० विश्वकपको लागि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई अमेरिका पठाउने निर्णय गरेपनि अमेरिकाले भिसा दिन अस्वीकार गर्दै आएको छ।












