काठमाडौँ- सडक डिभिजन काठमाडौंले फुटपाथ विस्तार रोकेर जुद्ध सालिक क्षेत्रमा भत्काइएका सडक पुनर्स्थापना गर्न महानगरलाई पत्र पठाएको छ।
बुधबार महानगरलाई पत्र लेख्दै सडक डिभिजनले तुरुन्त पुरानै अवस्थामा सडक कामय गर्न पत्र पठाएको थिइो।
दुई दिनमा काम नसके कारबाही प्रक्रिया अगाडि बढाउने डिभिजनको चेतावनीसमेत छ।
महानगरले मूल सडक साँघुरो हुने गरी पैदलमार्ग विस्तारको काम अघि बढाएको थियो। उक्त कार्यको विरोध हुँदै आइरहेको छ।
महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोक सम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइने तयारी थियो।
जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाउने भनिएको थियो।
यस्तै पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर ७ मिटरको बनाउने भनिएको थियो।
डिभिजनले जेठ १६ गते पठाएको पत्रसँगै महानगरले भोलिसम्ममा सक्नुपर्ने काम भने भद्रगोल अवस्थामा छ।
हेरौँ तस्बिरहरू:












तस्बिरहरु / नेपाल फोटो लाइब्रेरी



