काठमाडौँ- टी–२० विश्वकपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ।
युगान्डाविरुद्ध अफगानिस्तानले १२५ रनको शानदार जित निकालेको हो।
अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा ५८ रन बनाउन सक्यव।
युगान्डाका रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले उल्लेख्य रन जोड्न सकेनन्।
अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिएका थिए।
यस्तै, नवीन उलहक र कप्तान राशिद खानले दुई/दुई तथा मुजिब उर रहमानले एक विकेट लिए।
यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो।


