काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर प्रतिनिधि सभा बैठकमा सहभागी भएका छन्।
आईसीसी टी-२० विश्वकपमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध खेल्ने तय भएको दिन रास्वपा सांसदले यस्तो गरेका हुन्।
नेपाली टिमको जर्सी लगाएर उनीहरूले खेलप्रेमीको ध्यान तान्न यत्न गरेका हुन्।
रास्वपा सांसदले राष्ट्रिय टोलीलाई शुभकामनासमेत दिएका छन्।







