न्युयोर्क- टी–२० विश्वकपमा समूह ए अन्तरगतको पहिलो खेलमा आयरल्याण्ड भारतविरुद्ध ९६ रनमा सीमित बनेको छ। भारतीय बलसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट भएको हो।
आयरल्याण्डका लागि गेराथ डेलानीले १६ बलमा २६ रनको योगदान दिए। उनले २ चौका र २ छक्का हिर्काए।
जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए। उनले यसक्रममा दुई चौका प्रहार गरे। कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे।
नासा उको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन। नासाउ काउन्टीमा यसअघि भएको एउटा मात्र खेल निकै कम स्कोरिङ भएको थियो।
दक्षिण अफ्रिकाविरुद्ध श्रीलङ्काको टोली ७७ रनमा मात्रै सीमित भयो। यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो।
तर, भारत र आयरल्याण्डबिचको तथ्याङ्क हेर्दा यी दुई टोलीबिच अहिलेसम्म सात खेल भइसकेका छन्। भारतले सातवटै खेल जितेको छ।


