काठमाडाैँ- टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले आयरल्याण्डलाई सजिलै हराएको छ। आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो।
भारतका लागि कप्तान रोहित शर्माले रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे। उनले यसक्रममा ४ चौका र ३ छक्का हिर्काए।
उनलाई ऋषभ पन्तले राम्रो साथ दिए। पन्तले २६ बलमा ३६ रन बनाएर टोलीलाई लक्ष्यमा पुर्याए। उनले ३ चौका र २ छक्का हिर्काए।
सूर्यकुमार यादवले भने मात्र २ रन बनाएर पभिलियन फर्किएका थिए। विराट कोहली पनि सुरुवातमा नै १ रन बनाएर आउट भएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ९६ रनमा सीमित बनेको थियो। भारतीय बलसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट बन्यो।
आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए। उनले २ चौका र २ छक्का हिर्काए।
जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए। उनले यसक्रममा दुई चौका प्रहार गरे। कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे।
भारतका लागि हार्दिङ पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए। मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट हात पारे।


