काठमाडौँ- मनसुन नजिकिएसँगै सरकारले विपद व्यवस्थापनको तयारी थालेको छ। जुन १३ मा नेपालमा मनसुन भित्रिने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेअनुसार सरकारले विपद् प्रतिकार्यको तयारी थालेको हो।
यसबीच आगलागी, बाढी पहिरो, लगायतका विपद् आउन सक्छन्। त्यस्तो अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सक्रिय रहने गरेका छन्। विपद् व्यवस्थापनका लागि ललितपुरमा अभ्यास गरिएको छ।
ललितपुर जिल्ला विपद् व्यवस्थापन समिति, राजदल गण, ललितपुर जिल्ला प्रशासन कार्यालय लगायतका निकायको संयुक्त आयोजनामा नागदहमा ‘मनसुन ४’ विपद व्यवस्थापन अभ्यास सम्पन्न भएको हो।
नागदहमा आयोजना गरिएको विपद प्रतिकार्य कार्यक्रममा गर्मी याम र वर्षायाममा हुनेसक्ने सम्भावित विपदमा गरिने उद्धार प्रक्रिया देखाइएको थियो।
तस्बिरमा हेर्नुस् विपद् व्यवस्थापनको डेमो कार्यक्रमका तस्बिर:























