२०८३ कार्तिक २४ गते सोमबार

पूर्वाधार निर्माणपछि पर्यटकको रोजाइमा ‘सुन्दरचौर उद्यान’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २६
sangketik tasbir
साङ्केतिक तस्बिर

वालिङ (स्याङ्जा)- स्याङ्जाको भीरकोट–६ स्थित पहाडको थुम्कोमा रहेको छ ‘सुन्दरचौर उद्यान’ पछिल्लो समय उक्त उद्यान बजारको कोलाहल र प्रदूषणलाई छल्दै रमणीय, शान्त वातावरणमा आनन्दित हुने ठाउँको रुपमा विकसित हुँदै गरेको छ। पूर्वाधार निर्माणले तीव्रता पाएपछि यो उद्यान पर्यटकको रोजाइमा पर्न थालेको हो।

यहाँ पूर्वाधार निर्माणको काम जारी छ। आन्तरिक तथा बाह्य पर्यटकको सेवा र सुविधालाई ध्यानमा राखेर उद्यानमा पूर्वाधार थप्ने काम भइरहेको छ। पहिला सुन्दरचौरलाई वनस्पति उद्यान केन्द्रका रुपमा विकास गरिएको थियो। पछिल्लो समय सुन्दरचौर उद्यानमा पूर्वाधार निर्माण भइरहेका भीरकोट–६ का वडाध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले बताए। उद्यानलाई व्यवस्थित गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा वडा कार्यालयबाट रु १० लाख, डिभिजन वन कार्यालय स्याङ्जाबाट रु पाँच लाख, भीरकोट नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु तीन लाख दश हजार तथा पर्यटन बोर्ड पोखराबाट रु दुई लाख प्राप्त भएको उनले बताए।

पर्यटकीय स्थलसम्म सहजरुपमा पुग्नका लागि भीरकोट–६ को पाटपाटीदेखि उद्यानसम्म रु ५४ लाखको लागतमा सडक ढलान भइरहेको छ। वडा कार्यालय भण्डारखोलादेखि उद्यानसम्म पुग्न पक्की पदमार्ग बनाइएको छ।

‘वनस्पति उद्यान केन्द्र हुँदादेखिका संरचना, बोटबिरुवाको संरक्षण र सम्वद्र्धन गर्दै नयाँ संरचना पनि निर्माण भइरहेका छन्’, वडाध्यक्ष क्षेत्रीले भने, ‘यहाँ आउने पर्यटकको सुविधालाई मध्यनजर गरी पूर्वाधार निर्माण गरेपछि पर्यटकको रोजाइको रुपमा यो ठाउँले पहिचान बनाउन थाल्यो।’

वनस्पति उद्यान केन्द्रदेखि हालको पार्कको अवस्थासम्म आइपुग्दा सौन्दर्यकरणका दृष्टिले पूर्वाधार र मनोरञ्जनका सामग्री थप गरिएको उनले बताए। उद्यान परिसरमा अवलोकन टावर, पानी पोखरी, गोलघर, पक्की पदमार्ग, प्रवेशद्वार, कार्यालय भवन, वनभोजका लागि दुई वटा ट्रष्ट, सेल्फी स्पट, गैँडाको प्रतिमा, बाल उद्यानका सामग्री, पार्क परिसरलाई छेकबार, तारजाली, विभिन्न जातिका फूल तथा बोटबिरुवाले पर्यटकलाई आकिर्षत गरेको छ।

उद्यानलाई वनभोजस्थलका रुपमा विकास गर्दै आम्दानीसँग जोड्ने लक्ष्यसहित अगाडि बढेको वडाध्यक्ष क्षेत्रीले बताए। ‘उद्यान घुम्न आउनेसँग रु २० प्रवेश शुल्क लिन्छौँ’, उनले भने। वनभोजका लागि आउने समूहलाई भाडावर्तन, ग्यासलगायतका सामग्री उपलब्ध गराएबापत रु तीन हजारदेखि रु तीन हजार पाँचसय शुल्क लिने गरिएको छ। वनभोज तथा अवलोकन गर्न आउने पर्यटकबाट लिइएको प्रवेश शुल्क मासिकरुपमा खातामा जम्मा गर्ने गरिएको छ । यसबाट मासिक रु १० हजारदेखि रु १५ हजारसम्म आम्दानी हुँदै आएको छ।

डाँडाको थुम्कोमा रहेको उद्यान पुग्दा छुट्टै आनन्द आएको यहाँ घुम्न आएका वालिङ–१३ का बबिन पाठकले बताए। उद्यान परिसरबाट नागबेलीरुपमा बगेको आँधीखोला र त्यसले बनाएको फाँट, बयरघारीलगायतका स्थान देख्न सकिन्छ।

प्रकाशित: २०८१ जेठ २६ गते शनिवार ०९:४३
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना