काठमाडौँ- काठमाडौँ महानगरपालिकाले झन्डै एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्रि डे) मनाउँदै आइएको छ।
हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ।
यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइन्छ। सवारी साधनलाई धोवीखोला कोरिडोर, गहना पोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ।
यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवीकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ।
इसापूर्व दोस्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन्।
स्थानीयहरू दुई बजे पछि सडक छेउमा नेवारी स्वादका परिकारहरू बनाउन व्यस्त देखिन्छन्।
बालबालिकाहरू निर्धक्क भएर सडकमा खेलिरहेको देख्न सकिन्छ।
























-नेपाल फोटो लाइब्रेरी


