काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल यात्रा तय गरेकामा नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाइ दिएका हुन्।
उनले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गरिने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई हार्दिक बधाइ। क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारका तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’


