काठमाडौँ- आईसीसी टी–२० विश्वकपको समूह ए अन्तरगत गएराति भएको खेलमा भारत विजयी भएको छ।
भारतले पाकिस्तानलाई ६ रनले पराजित गर्दै विजयी भएको हो।
टस हारेर ब्याटिङ गरेको भारत ११९ रन बनाउँदै अल आउट भएको थियो। १२० रनको लक्ष पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाएको थियो।
भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार। टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो।
पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए। उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए।
भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए।
खेलमा भारतले खराब सुरुवात गरेको थियो। मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो।


