ललितपुर महानगरपालिकाले सवारीसाधनको प्रदूषण जाँच थालेको छ।
महानगरपालिका र सवारी परीक्षण कार्यालय टेकुको संयुक्त आयोजनामा घुम्ती परीक्षण सुरु भएको हो।
सवारी जाँच कार्यक्रम प्रत्येक दिन विभिन्न स्थानमा गरिने नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।













