काठमाडौँ- ईसीसी टी२० विश्वकप–२०२४को आज भएको खेलमा अंकतालिकामा ४ अंकसहित दोस्रो स्थानमा रहेको वेष्टइन्डिजले अंकविहीन न्यूजिल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ।
ब्रेन लारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १४९ रन बनाएको हो।
खराब सुरुआत गरेको वेष्टइन्डिजका लागि ६ नम्बरमा आएका शेरफेन रदफोर्डले ६८ रनको अविजित इनिङ खेल्दै राम्रो स्कोर बनाए।
अन्य ब्याटर निकोलस पुरनले १७, अकिल हुसैनले १५, आन्द्रे रसेलले १४, रोमारियो शेफर्डले १३, ब्रेन्डन किंगले ९ र अल्जारी जोसेफले ६ रन बनाएर आउट भए।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एकरएक विकेट लिए।
यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो भने न्युजिल्याण्ड अफगानिस्तानसँग पराजित भएको थियो।


