२०८३ कार्तिक १२ गते बुधबार

२३ वर्षपछि बाघजात्रा ब्युँताउदै छ पोखरा

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

काठमाडौँ, बैशाख १८
baghjatra

पोखरा- पर्यटन सँगसँगै कला र सांस्कृतिको पनि एउटा केन्द्र हो पोखरा। विभिन्न जातजातिको बसोबास रहेको पोखरामा आ-आफ्नै संस्कार र संस्कृति छन्। संस्कृति र संस्कारअनुसार विभिन्न सांस्कृतिक कार्यक्रमले पनि पोखरालाई थप जीवन्त बनाउन सहयोग गरेका छन्। गाईजात्रा, माघेजात्रा, भैरव जात्रालगायतका सम्पदाले प्राकृतिक रूपमा सुन्दर पोखरालाई सांस्कृतिक रूपमा समृद्ध बनाइराख्ने प्रयास गरेको छ।

पुरानो बजार क्षेत्रमा नेवारी समुदायको बसोबास बढी छ। नेवारी समुदायले जात्रापर्वलाई विशेष महत्त्व दिने नै भयो। तर लामो समय बाघजात्रा प्रदर्शन हुन सकेन। सांस्कृतिक सम्पदा बचाएर राख्नुपर्ने चेतका कारण २३ वर्षपछि भएपनि पोखरामा बाघजात्रा मनाउने जमर्को थालिएको छ। २०५७ सालमा तीन दिनसम्म मनाइएको बाघजात्रा त्यसपछि हुन सकेको थिएन। यसपालिदेखि भने भैरवनाच र बाघजात्रा ३/३ वर्षको अन्तरालमा गर्ने गरी यस वर्ष बाघजात्रालाई पुनर्जीवन दिन लागिएको जात्रा आयोजक समितिका सचिव सुनील उलकले बताए।

बाघजात्रा निकाल्दा ९० देखि एक सय जनासम्म जनशक्ति आवश्यक पर्ने तयारी समितिका संयोजक जवाहरलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाघजात्रामा राजारानी, मन्त्री, घोडासहित सेना, प्रहरी र जनता पनि पात्रका रुपमा समावेश हुन्छन्। भैरवनाच संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले लाखेजात्रा, घोडाजात्रा र माघेजात्राको संयुक्त रुप बाघजात्रा भएको बताए।

०५७ सालमा तीन दिनसम्म मनाइएको बाघजात्रा त्यसपछि हुन सकेको थिएन। यसपालिदेखि भने भैरवनाच र बाघजात्रा ३/३ वर्षको अन्तरालमा गर्ने गरी यस वर्ष बाघजात्रालाई पुनर्जीवन दिन लागिएको जात्रा आयोजक समितिका सचिव सुनील उलकले बताए।

तयारी समिति सदस्य दीपेन्द्र श्रेष्ठले बाघजात्रा रैथाने र मौलिक जात्रा भएको बताए। उनले भने, ‘यो कुनै जाति विशेषको जात्रा होइन, बरु सम्पूर्ण पोखरेलीको हो। त्यसैले यसलाई सबै पोखरेली मिलेर सफल पारौं, यसलाई जीवन्त राखौँ।’ बाघजात्रामा पनि भैरव नाचकै गुरु कृष्णदेव प्रधानाङ्गले प्रशिक्षण गराउने समितिले जनाएको छ।

आगामी भदौ १८, १९ र २० गते बाघजात्रा निकाल्ने तयारी गरिएको मूल आयोजक समितिका सचिव सुनील उलकले जानकारी दिए। खर्चिलो हुने बाघजात्राका लागि पोखरा महानगरपालिकादेखि वडासम्मले सहयोगको प्रतिबद्धता जनाएका छन्। शनिबार गरिएको बाघजात्रा तयारीसम्बन्धी छलफल कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीराज तिमिल्सिनाले बाघजात्रा पोखरेलीको गौरव भएकाले यसको संरक्षणमा हुन लागेको जात्रालाई सफल बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए। बहुजाति र बहुभाषी देशका संस्कार र संस्कृति गौरवपूर्ण छन्,’ उनले भने, ‘तर पछिल्लो समय धर्मसंस्कृतिलगायतका सम्पदा लोपोन्मुख अवस्थामा छन्, त्यसलाई पुस्तान्तरण गर्नुपर्छ। त्यसका लागि नयाँ पुस्तालाई तयार गर्न यस्ता जात्राहरु प्रदर्शन हुनुपर्छ।’

पोखरा–२ का वडाध्यक्ष दीवसमान प्रधानाङ्गले संस्कृति सम्पति भएकाले यसलाई जोगाउन वडाले सहयोग गर्ने बताए। ‘आर्थिकको चिन्ता नलिनुस् हामी सहयोग गर्छौं, तपाईंहरु तयारी थाल्नुस्,’ जात्रा आयोजक समितिलाई उनले हौसला दिए। पोखरा–३ का वडाध्यक्ष प्रकाश उदासले जात्राका लागि जात्राजस्तो नभई सुसंस्कृत हुनुपर्ने बताए। बाघजात्रा पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदालाई सम्पदाकै रूपमा पुनर्जीवन दिनुपर्ने बताए।

पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्यले युवा डिढीले बिर्सिसकेको संस्कृति ढिला भएपनि हुन लागेकोमा खुशी व्यक्त गरे। पोखरा–२३ का वडाध्यक्ष रामकाजी गुरुङले लोपोन्मुख संस्कृति ब्युँताउन लागेकोमा धन्यवाद दिँदै त्यसका लागि वडाले सहयोग गर्ने आश्वासन दिए। ‘संस्कार, संस्कृति पहिचान हो। यो बिर्सियौं भने पहिचान मेटिन्छ। त्यसैले संस्कृतिको सबै मिलेर जगेर्ना गर्न जरुरी छ,’ उनको आह्वान छ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरा पर्यटनसँगै संस्कृतिको सहर भएको बताए। पर्यटक प्रकृतिसँगै संस्कृति हेर्न आउँछन्,उनले भने, ‘बाघजात्रा नेवारको मात्र होइन, पोखरेलीको हो त्यसैले यसलाई सबै मिलेर जोगाउनुपर्छ।’

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले बाघजात्रा सांस्कृतिक सँगै व्यापारिक प्रवर्द्धनका लागि निकालिने भएकाले यसको महत्त्व उत्तिकै रहेको बताए। उनले पनि बाघजात्रा निकाल्नका लागि निजी क्षेत्रले दिल खोलेर सहयोग गर्ने प्रतिबद्धता जनाए। नेवा मिस पुचःकी अध्यक्ष संगीता बज्राचार्यले जात्रा आयोजनाका लागि आफूहरु दिनरात खटिन तयार रहेको बताइन्।

प्रकाशित: २०८० बैशाख १८ गते सोमबार १२:२५
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना