२०८३ कार्तिक १३ गते बिहिबार

धुम्बाराहीमा कांग्रेस बैठक, सरकारलाई खबरदारी गर्ने विषय मुख्य एजेन्डा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १८
congress meeting
धुम्बाराहीमा कांग्रेस नेताहरूको छलफल। फाइल तस्बिर

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति, नीति अधिवेशन र सरकारका पछिल्ला गतिविधिबारे समीक्षा गरेको छ।

सभापति देउवा निवास धुम्बाराहीमा अपरान्ह ४ः३० बजेदेखि बसेको बैठकले सरकारमा थप मन्त्री पठाउने, भ्रातृ संस्थाका अधिवेशन, पार्टीभित्रको आन्तरिक बेमेल, उपनिर्वाचन समीक्षालगायत विषयमा छलफल गरेको थियो।

सभापति देउवासहित पार्टीका अधिकांश पदाधिकारी सहभागी बैठकमा कांग्रेसभित्र केन्द्रीय समिति बैठक बोलाउन, सरकारप्रतिको दृष्टिकोण थप प्रस्ट्याउन र नीति अधिवेशन गर्नुपर्ने विषय उठाइएको थियो। कांग्रेसले ८ मन्त्रालय पाए संस्थापन र संस्थापन इतर समूहबीच भागबन्डा नमिलेपछि अहिलेसम्म ५ जना मन्त्री मात्रै सरकारमा सामेल छन्।

पदाधिकारी बैठकमा तीन विषयमा छलफल भएको कांग्रेस नेता धनराज गुरुङले बताए। ‘विशेषगरी नीति महाधिवेशन, सरकारको पर्फमेन्स र भ्रातृ संगठनको पूर्णताबारे बैठकमा छलफल भयो। औपचारिक निर्णय केही पनि भएन,’ उनले भने।

बैठकमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारी उपस्थित थिए। १० वैशाखको उपनिर्वाचनमा हार बेहोरेपछि कांग्रेसभित्र सुधार र रुपान्तरणको बहस छेडिएको छ।

केन्द्रीय कार्यसमिति बैठक बोलाएर उपनिर्वाचनको समीक्षा गर्नुपर्ने र नीति महाधिवेशन मिति तय गर्नुपर्ने दबाब सभापति देउवामाथि दिन थालिएको छ।

प्रकाशित: २०८० बैशाख १८ गते सोमबार ०७:२५
प्रतिक्रिया

थप समाचार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

दुई महिनामा निजी क्षेत्रमा कर्जा ९३ अर्ब ५२ करोड मात्रै, कृषि र घरजग्गामा घट्यो

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि...

बागमती प्रदेशमा बैंकहरूको सवा ३६ खर्ब कर्जा, कृषिमा ३.३३ प्रतिशत मात्रै

बागमती प्रदेशमा मात्रै बैंकहरूले ६१.६३ प्रतिशत कर्जा लगानी गरेका छन्। देशभर बैंकहरूले गरेको कर्जा प्रवाह ५८ खर्ब ८० अर्ब रहेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना