काठमाडौं– राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सना औपचारिक भ्रमणका लागि गए राती कम्बोडिया प्रस्थान गरेका छन्। सभाध्यक्ष तिमिकम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिन त्यता गएका हुन्।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेसनल फेस्टिभल्स एन्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नेछन्।
कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्धिस्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्धिस्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदवी प्रदान गर्ने कार्यक्रम छ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेशसभाका सदस्य अमन मास्के र संघीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल रहेको उनको सचिवालयले जनाएको छ।


