काठमाडौँ- कवाडी संकलकहरूलाई प्रहरीले लाठीचार्ज गरेको छ।
कमलादीस्थित काठमाडौँ महानगरपालिकाको कार्यालय घेर्न पुगेका कवाडी संकलकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो।
उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउन आदेश दिए पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाउँदै आएको छ।
महानगरको सोही कदमविरुद्ध कवाडी व्यवसायी विरोधमा छन्।












