काठमाडौँ– संघीय संसदका कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक प्रभावित भएको छ।
बिहान ११ बजे सुरु हुनुपर्ने बैठक अझैसम्म बस्न सकेको छैन।
सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनमा आएपछि बैठकका लागि आवश्यक कर्मचारी नभएपछि पूर्वनिर्धारित समयमा बस्न नसकेको हो।
कर्मचारीहरू संसद् भवनअगाडि कालोपट्टी बाँधेर धर्ना बसेका छन्। कर्मचारी धर्नामा बसेपछि आजको बैठक कति बेला सुरु हुने टुंगो छैन।
आफूहरूलाई भत्ता दिनुपर्ने कर्मचारीको माग छ।









