काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थापना दिवस मनाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा प्रमुख दलका नेता एवं विभिन्न क्षेत्रका अगुवाहरूलाई बोलाएर चियापान गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देनलगायतका नेता पुगेका थिए।
चियापानस्थलमा रास्वपाको चुनाव चिन्ह घण्टी पनि झुण्ड्याइएको छ। अतिथिहरूले घण्टी बजाएका थिए।
चियापान समारोहमा आउनेहरूलाई सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकालसहित पार्टीका नेता र सांसदहरूले स्वागत गरिरहेका छन्।










































