काठमाडौँ- अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्स ह्याट्रिक विकेटको कीर्तिमानी बनाए पनि अष्ट्रेलिया अफगानिस्तानसँग २१ रनले पराजित भएको छ।
कमिन्सले आज बिहान अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिंदै लगातार दुई खेलमा ह्याट्रिक लिने कीर्तिमान बनाए। तर, ब्याट नचल्दा अष्ट्रेलिया २१ रनले पराजित हुनु परेको हो।
ब्याट नचलेपछि अष्ट्रेलियाले १९.२ ओभरमा अल आउट गर्दै अष्ट्रेलियालाई पराजयी गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले राम्रो सुरुआत गरेपनि कमिन्सको ह्याट्रिक विकेट र एडम जाम्पाको २ विकेटपछि ६ विकेट गुमाएर १४८ रन बनाएको छ।


