मेलम्ची- अविरल वर्षापछि सिन्धुपाल्चोक मेलम्ची नदीमा आएको बाढीले पुल बगाएको छ।
मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा बनाइएको अस्थायी पुल आइतबार रातीको बाढीले बगाएको हो।
वडाध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार २०७८ को बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो।
‘बर्खा लाग्ने बेलामा झिक्ने र हिउँदमा फेरि राख्ने गरेका थियौं। यसपालि निकाल्ने सल्लाह भइरहेको थियो। बाढीले बगायो,’ वडाध्यक्ष तामाङले भने।
पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ।
ह्युम पाइप बगाएसँगै मेलम्ची-९ दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।



