काठमाडौं- टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ। भारत यो जितपछि सेमिफाइनलमा पुगेको छ। २ सय ६ रनको लक्ष्य पाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो।
समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छन्। अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।
अस्ट्रेलियाकाे पोजिसन भने मंगलबार बिहानसम्म पर्खनुपर्नेछ। अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। आफगानिस्तानले बंगलादेशमाथि विजय पाएमा सो टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ।