काठमाडौं- अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ।
टी–२० विश्वकप २०२४ को सुपर–८ मा अन्तिम खेल खेल्दै अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको हो।
सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो।
अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे।
बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एकरएक विकेट लिए।
समूहबाट इन्डिया सेमिफाइनल पुगिसकेको छ। यदि आजको खेल जितेमा अफगानिस्तान अष्ट्रेलियालाई पछि पार्दै सेमिफाइनल पुग्नेछ।
अर्को समूह २ बाट साउथ अफ्रिका र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन्।


