काठमाडौँ- नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्च विरोधमा उत्रिएको छ।
सुनमा भन्सार दर बढाइएको भन्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन्।
सुनमा भन्सार दर बढाइदिँदा उपभोक्ता मारमा परेको भन्दै व्यापारीले विरोध गरेका हुन्।
आगामी आवका लागि सरकारले जेठ १५ गते ल्याएको बजेटमा सुनको भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ।
सुनलाई विलासी वस्तुमा राखी २ प्रतिशत विलासिता करसमेत थप गरेको भन्दै व्यापारीले विरोध गरेका छन्।
व्यापारीहरूले पसल बन्द गरेर विरोधमा उत्रिएका हुन्।












