काठमाडौँ- सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो।
दर्नाल आफैँले चलाएको बा प्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टमा खसेको थियो।
रातको समयमा खसेका उनको बिहान मात्र उद्धार गरिएको थियो।
गम्भीर अवस्थामा उद्धार गरी मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा दर्नालको मृत्यु भएको हो।


