काठमाडौँ- २०७८ असार १ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आयो।
हेलम्बु गाउँपालिकामा पर्ने भेम्राथाङ्गमा आएको पहिरोसँगै मेलम्चीमा बाढी आएको थियो।
मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले २३ स्थानीय बेपत्ता भए। खोलामा आएको बाढीले ६० भन्दा बढी घर टहरा बगायो। करोडौँको क्षति भयो।
बाढीले हेलम्बुदेखि चनौटे हुँदै मेलम्ची बजारसम्म क्षति पुर्याएको थियो। बाढी गएको दुई वर्ष बितिसक्दा पनि मेलम्ची, चनौटे बजारहरू पुरानो अवस्थामा फर्किन सकेका छैनन्।
नेपाल फोटो लाइब्रेरीका मनिष अर्यालले कैद गरेका तस्बिर:






















