खोकना- आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस। नेपाल भरि राष्ट्रिय धान दिवस मनाइँदै छ।
यति बेला किसानहरू खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात् धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन्।
देशका अधिकांश फाँटमा किसानहरूलाई बिहानदेखि नै धान रोपाइँमा यति बेला भ्याइनभ्याइ छ। ललितपुरको खोकनामा पनि आज धान दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ।
धान रोप्ने हिले कार्यक्रममा महानायक राजेश हमालदेखि विदेशी पर्यटकसम्म रमाए। बालबालिकादेखि युवासम्मलाई हिलोमा खेल्न रमाइलो लागेको देखिन्थ्यो।



















