२०८३ कार्तिक १७ गते सोमबार

कुतियाकवरवासीलाई सेनाले बनाइदियो सेफ हाउस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
kutiyakbar_house

महेन्द्रनगर (कञ्चनपुर)- कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका-१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो।

कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो। त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको त्रास रहन्छ। तर यसपाली नेपाली सेनाले यहाँ सेफ हाउस (सुरक्षित घर) निर्माण गरेपछि सुनारलगायत स्थानीय ४२ परिवार बाढीको जोखिमबाट जोगिने भएका छन्।

कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी रहेको छ। महाकाली र जोगबुढाको दोसाँधमा पर्ने उक्त बस्तीका बासिन्दाले गत वर्षसम्म बर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए।

‘विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गर्थ्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो,’ सुनारले भने, ‘यसपाली नेपाली सेनाले बस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास हटेको छ।’

करिब तीन महिना लगाएर सेनाले कुतियाकवरमा दुईतले सुरक्षित घर बनाएको हो। सेनाले उक्त सुरक्षित घर आज  दोधारा–चादँनी नगरपालिकालाई हस्तान्तरण गरेको हो। सुरक्षित घर बनेपछि कुतियाकवरका ४२ परिवार बाढीको बेला बाँचिने भयो भन्दै खुसी भएका छन्।

नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ सुरक्षित घर निर्माण गरेको हो।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि गणेशकुमार श्रेष्ठले सुरक्षित घरको उद्घाटन गर्नुका साथै साँचो दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गरे। भवन हस्तान्तरणपछि पृतनापति उपरथी श्रेष्ठले सुरक्षित घरको सदुपयोगसँगै मर्मत सम्भारमा ध्यान दिन नगरपालिकालाई आग्रह गरे।

‘बाढीका बेला ज्यान जोगाउन सुरक्षित घरको धेरै महत्व हुन्छ,’ उनले भने, ‘भविष्यमा पनि यस्तै प्रभावकारी कार्यक्रम सेनाले सञ्चालन गर्दै जानेछ।’

उपरथी श्रेष्ठले तटीय क्षेत्रको बस्तीलाई प्राथमिकतामा राखेर सेनाले सुरक्षित घर निर्माण गरेको बताए।

सेनाले सुरक्षित घर बनाइदिएपछि २०३९ सालदेखि बाढीको जोखिम मोलेर बस्दै आएका कुतियाकवरवासी खुसी भएका छन्। स्थानीय खड्के बुढाले भने, ‘बाढीका कारण धेरैले ज्यान गुमाएका छन्, सुरक्षित घरले मानवीय क्षति हुनबाट जोगिने आश छ।’

बाढीका काण खेतीयोग्य जग्गा मासिदै गएको उहाँले बताउनुभयो। यसको दीर्घकालीन रुपमा समाधान हुने गरी सरकारले कटान नियन्त्रणको पहल गरिदिनुपर्ने बुढाको माग छ।

‘बाढीले बस्तीको २०औँ बिघा जमिन बगायो,’ उनले भने, ‘बर्खामा सधैँ ज्यान जोगाउन अन्यत्र जानुपर्ने अवस्था थियो, अब त्यो हट्नेमा आशावादी छौँ।’

जोगबुढा नदीमा पुल नहुँदा वर्खामा विद्यार्थी विद्यालय आवतजावत गर्न मुस्किल हुने गरेको छ। ‘बाढीका बेला महिनौँसम्म स्थानीयवासी घर छाडेर आफन्तकहाँ बस्नुपरेको थियो,’ उनले भने, ‘सेनाद्वारा निर्मित सेफ हाउसले अब मान्छे मात्र होइन पशु र धनमाल जोगाउन पनि सहज हुने भयो।’

बयालीस परिवारको बसोबास रहेको कुतियाकवर भारतीय सिमानासँग जोडिएको बस्ती हो। यो बस्ती २०२२ सालमा बसेको हो। कुतियाकवरका टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क उपलब्ध गराएका हुन्।

झन्डै ६० जना अटाउने क्षमताको उक्त सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधारा चादँनी नगरपालिका र केही निर्माण व्यवसायीले सहयोग गरेका थिए। यहाँ दाृत निकाय र नगरपालिकाको आर्थिक सहयोगमा सेफ हाउस निर्माण सुरु गरिए पनि त्यो अझै पूरा हुनसकेको छैन।

दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले २०७८ सालमा बाढी आउँदा कुतियाकवरवासीले रुखमा चढेर ज्यान जोगाएका विगत सुनाए।

‘भौगोलिक विकटताकाबीच सेनाले ढुङ्गामा सामान ल्याएर तीन महिनामै सेफ हाउस बनाएको हो,’ उनले खुसी व्यक्त गर्दै भने, ‘दातृ निकायले सुरु गरेको सेफ हाउस अझै अधुरै छ।’

कुतियाकवरवासीले बाढी, विपद्बाट लामो समय सास्ती खेप्नु परेको बताउँदै अहिले पुल, सडक पूर्वाधारसित जोडिदा केही सहज भने भएको बताए। श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङग ठकुरीले रु २५ लाखको लागतमा दुई तले सेफ हाउस निर्माण गरी हस्तान्तरण गरिएको बताए।

‘सेनाको रु १५, नगरपालिकाबाट रु पाँच लाख र बाँकी निर्माण व्यवसायीलगायत स्थानीय सहयोगबाट भवन बनेको हो,’ उनले भने, ‘बाढीलगायत विपद्का बेला उपयोगी हुने विश्वास लिएका छौंँ।’

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो।

प्रकाशित: २०८१ असार १७ गते सोमबार ०५:०५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना