काठमाडौँ- युरो कप २०२४ को निकै प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनल खेलमा आयोजक जर्मनीलाई पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ।
स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। प्रतिस्पर्धा र रोमाञ्चले भरिपूर्ण खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन्।
खेलको दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए तर ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए। नियमित समयसम्म खेल बराबरिमा गएपछी अतिरिक्त समयमा खेल पुग्यो।
अतिरिक्त समयमा पनि खेलमा नतिजा ननिस्कने देखिदै थियो तर ११९ मिनेट अर्थात अतिरिक्त समयको पनि अन्तिम मिनेटमा स्पेनले गोल गर्यो।
उसको लागि मिकेल मोरिनोले गोल गर्दै घरेलु टोलीलाई निराश बनाउँदै अविजित रुपमा युरो २०२४ को सेमिफाइनल पुग्न सफल भयो।


