२०८३ कार्तिक १७ गते सोमबार

खिजीदेम्बामा आयातित मदिरा प्रतिबन्ध, विद्यालयमा ‘जंकफुड’ निषेध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २२
Junkfood

ओखलढुङ्गा- जिल्लाको खिजीदेम्बा गाउँपालिकाले विद्यालयमा पत्रुखाना (जङ्कफुड) प्रतिबन्ध लगाएको छ। विद्यार्थी र शिक्षकले विद्यालयमा पत्रुखाना प्रयोग गर्न थालेपछि गाउँपालिकाले प्रतिबन्ध लगाउने नीति लिएको हो।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष अध्यक्ष गम्बु शेर्पाले अर्गानिक उत्पादनको प्रयोगलाई  बढवा दिन विद्यालय एवं विद्यालय परिसरमा जङ्कफुड प्रयोगमा प्रतिबन्ध लगाउने नीति कार्यान्वयन गर्न लागेको बताए। उनले आयातीत मदिरा प्रयोगमा निषेध गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति गाउँपालिकाले लिएको जानकारी दिए।

गाउँपालिकाले विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने भएको छ। गाउँपालिकाका चार विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम लागू भएको हो।

विद्यालय खुल्ने ६ दिन नै फरकफरक विषयसूची बनाई गाउँमै उत्पादित अर्गानिक खाजा विद्यार्थीले खान पाउनेछन्। यस वर्षको विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि पालिकाले रु १५ लाख ३० हजार रकम विनियोजन गरेको छ।

नर्वदेश्वर मावि रगनी, चण्डेश्वरी मावि पोल्थली, फूलमती मावि खिजीफलाटे र कुण्डली मावि खिजीकातीका सबै विद्यार्थीलाई गाउँमै फलेको अन्नको परिकार बनाएर पोषिलो खाजा खुवाइने छ।

कार्यक्रमले शैक्षिक विकास र गुणस्तर सुधारम टेवा पुग्ने र स्थानीय उत्पादनको बजारीकरणका साथै नागरिक स्वस्थ बनाउने अभियान पनि सार्थक हुने गाउँपालिका अध्यक्ष शेर्पाले बताए।

सुरुआती चरणमा माध्यमिक तह सञ्चालित विद्यालयमा कार्यक्रम सञ्चालन हुने र क्रमशः सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने नीति लिएको उनले जानकारी दिए।

विद्यालयमा दिवा खाजासँगै छात्रवृत्ति वितरण सुरुआत पनि गरिएको छ। पहिलो चरणमा पाँच माध्यमिक तह सञ्चालित विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण थालिएको हो।

पालिकाभित्र माध्यमिक तह सञ्चालित सातमध्ये पाँच वटा विद्यालयका २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको संस्थाका अध्यक्ष साङडोमा शेर्पाले बताउनुभयो। अध्यक्ष शेर्पाका अनुसार छात्रवृत्तिवापतको ५० प्रतिशत रकम विद्यार्थीले तत्कालै सदुपयोग गर्न पाउने गरी हातमा र ५० प्रतिशत उनीहरुको भविष्यप्रति मध्यनजर राखिँदै विद्यालयको खातामा जम्मा गरिएको छ।

प्रकाशित: २०८१ असार २२ गते शनिवार ०३:२९
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना