काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि काठमाडौँका सडकपेटी सुन्दर देखिन थालेका छन्।
सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज भएको छ।
काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सकेका छ भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ।
यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकपेटी दृष्टिविहीनका लागि हिँड्न सहज हुने गरी बनाइएको छ।
काठमाडौँ महानगरभित्रका सडकपेटीहरु एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजनाअनुसार निर्माण कार्य धमाधम भइरहेको छ।




\












