२०८३ कार्तिक १४ गते शुक्रबार

रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २०
rabi prachanda
रवि लामिछाने र प्रधानमन्त्री पुष्पमकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउने विषयमा सत्तारुढ गठबन्धनमा छलफल हुने भएको छ। बुधबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक बस्ने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्ने भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सकारमा ल्याउने प्रधानमन्त्रीले तयारी गरिरहेका छन्। रास्वपाले गृह मन्त्रालयसहित विगतमा आफूले पाएकै मन्त्रालय पाए सरकारमा सहभागी हुन सकिने बताएको छ।

उता रास्वपामा पनि सरकारमा गएर जनतालाई डेलिभरी दिनुपर्ने माग उठेको छ। रास्वपातले शुक्रबार सरकारमा सहभागी हुने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिनका लागि बैठक बोलाएको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछाने र डा स्वर्णिम वाग्लेलाई सरकारमा पठाउने विषयमा रास्वपामा कुरा उठेको थियो। रास्वपाका प्रवक्ता डा मुकुल ढकालले अर्थतन्त्रमा समस्या देखिएका बेला आफ्नो दलमा अर्थतन्त्रसम्बन्धी जानकार डा वाग्ले सांसद चुनिएर आएको भन्दै उनलाई अर्थमन्त्री बनाउने विषयमा आफूहरू सकारात्मक हुने प्रतिक्रिया दिएका हुन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने बताएका रास्वपा साभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा आउन आग्रह गरेका थिए। यदि सरकारमा सहभागी भएको खण्डमा डा वाग्लेलाई अर्थमन्त्री बनाउने प्रवक्ता ढकालको भनाइ छ।

‘सरकारमा जाने वा नजाने विषयमा निर्णय भएपछि मन्त्रालयमा पठाउने व्यक्तिहरूका विषयमा छलफल हुन्छ,’ पत्रकारहरूको जिज्ञासामा ढकालले भने, ‘सरकारमा जाने वा नजाने विषयमा रास्वपाले छलफल अघि बढाएको छ। शुक्रबारसम्ममा हामी निर्णयमा पुग्छौँ।’

प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँदा आफूहरू खुसी हुने प्रवक्ता ढकालको भनाइ थियो। गत वैशाख १० गतेको उपनिर्वाचनपछि रास्वपाका २१ जना सांसदहरू छन्।

मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनबाट चौथो ठूलो दल बनेको रास्वपा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री सहित सहभागी भएको थियो। सरकारमा सहभागी भएको एक महिनामै रास्वपा सभापति रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्ति नगरेको मुद्दामा सांसद पद गुमाए।

सांसद पद खारेज भएसँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिए। केही दिनमै नेपाली नागरिकता पुन: प्राप्त गरेका लामिछानेलाई फेरि गृहमन्त्री दिन प्रधानमन्त्री प्रचण्ड तयार नभएपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो।

प्रकाशित: २०८० बैशाख २० गते बुधबार ११:५०
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना