काठमाडौँ- कलाकार तथा मोडल सागर लम्साल ‘बले’ बैवाहिक बन्धनमा बाँधिएका छन् ।
उनले आइतबार झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन्। स्नेहा नर्सिङ पेसामा छिन्।
भक्त्तपुरको एक पार्टी प्यालेसमा उनको विवाह भएको हो।
थुप्रै कलाकारले सामाजिक सञ्जालमा तस्बिर राख्दै वैवाहिक जीवनको शुभकामना दिइरहेका छन्।


