तानसेन- कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रलाई चलायमान बनाउन पाल्पाको तानसेन टुँडिखेलमा पाल्पा महोत्सव सुरु भएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि १३औं संस्करणका रुपमा सुरु भएको महोत्सवमा पाल्पा र छिमेकी जिल्लाका उत्पादनका साथै राष्ट्रिय, बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री कक्ष राखिएको छ।
महोत्सवको उद्घाटनको दिन तानसेन बजार क्षेत्रमा विभिन्न वेशभूषामा सजिएकाहरु सांस्कृतिक झाँकी र्याली प्रस्तुत गर्दै बजार परिक्रामा गर्दै महोत्सवको प्रचार गरिएको थिए। वैशाख १४ गतेबाट सुरु भएको महोत्सव २४ सम्म चल्ने छ।














