काठमाडौं– इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले राजिनमा दिएका छन्। लगातार दोस्रो पटक यूरो कपको फाइनलमा हारेपछि साउथगेटले प्रशिक्षक पदबाट राजिनामा दिएका हुन्। आइतबार बर्लिनमा भएको फाइनलमा साउथगेटको इंग्यल्यान्ड स्पेनसँग २–१ गोलले पराजित भएको थियो। तीन वर्ष पहिला वेम्बलीमा भएको फाइनमा पनि इंग्यल्यान्ड इटालीसँग पेनाल्टीमा पराजित भएको थियो। ५३ वर्षीय साउथगेटले ८ वर्षमा १०२ खेलमा इंग्ल्यान्डको टोली सम्हालेका थिए।
उनको अनुबन्ध यो वर्षको अन्त्यमा समाप्त हुँदै थियो। ‘एक अंग्रेजकारुपमा इंग्यल्यान्डको राष्ट्रिय टोली सम्हाल्नु सम्मानको कुरा हो। यो मेरा लागि धेरै महत्वपूर्ण कुरा हो। मैले मेरो सबै थोक थिएँ। तर अब परिवर्तन आवश्यक छ। एक नयाँ अध्याय सुरु गर्ने समय आएको छ,’ राजिनामा दिँदै उनले भनेका छन्। उनी सन् १९६६ को विश्वकप विजेता सर अल्फ रामसेपछिका एक मात्रै म्यानेजर हुन्, जसले इंग्ल्यान्डको पुरुष टोलीलाई कुनै ठूलो प्रतियोगिताको फाइनलमा पुर्याए।


