काठमाडौँ- सरकारले अर्थ मन्त्रालयमा नयाँ सचिव ल्याएको छ। अर्थसचिव तोयम रायालाई हटाएर प्रधानमन्त्री कार्यालयबाट अर्जुन पोखरेललाई अर्थसचिवमा ल्याइएको हो।
यसअघिका अर्थसचिव तोयम रायालाई उपराष्ट्रिपतिको कार्यालयमा सरुवा गरिएको छ।
२०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका पोखरेल २०६१ सालमा उपसचिव भएका पोखेरल २०६७ सालमा सहसचिव बने।
यसअघि उनले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायमा बसेर काम गरेका छन्।


