काठमाडौँ- एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। छानबिन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थापाले विज्ञप्ति जारी गर्दै आफ्नो संलग्नता भने नरहेको जिकिर गरेका हुन्।
‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्ने खण्डन गर्छु,’ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायलयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धत व्यक्त गर्दछु।’
आफूहरू गृह मन्त्रालयमा हुँदा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेको उनको जिकिर छ। जनसरोकारको विषयमा कोही सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेको दाबी गरेका उनले राजनीतिक प्रतिशोधका कारण आफूहरूलाई मुछ्ने प्रयास भएको उल्लेख गरेका छन्।
नक्कली शरणार्थी बनाएर पैसा असुलीमा संलग्न भएको आरोपमा हालसम्म ८ जना पक्राउ परिसकेका छन्।
यस्तो छ थापाको विज्ञप्ति



